उपाध्यक्ष पौडेलको पक्राउ गैरन्यायिक र विधिको शासन विरित : एमाले

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेलको पक्राउलाई ‘गैरन्यायिक र विधिको शासनविपरित’ भनेको छ । मंगलबार एमाले मुख्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले यस्तो भनेको हो ।

उपाध्यक्ष पौ्रड्लाई अपमान गर्ने हिसाबले पक्राउ गरेको बैठकले आपत्ति जनाएको सदंसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए । उनले पौडेलको पक्राउ गैरन्यायिक र विधिको शासनविपरित रहेको निष्कर्ष समेत निकालेको बताए ।

‘हिजो मात्रै सुर्खेतबाट गैरराजनीतिक, गैरन्यायिक र प्रतिशोधपूर्ण ढंगले प्रक्राउ पर्नुभएका नेकपा ९एमाले० का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई जसरी अपमानपूर्ण ढंगले प्रक्राउ गरियो, उहाँसँग पीएसओ छ, उहाँ राज्यको सम्पर्क र खबरमा हुनुहुन्छ । आज काठमाडौँ आउँदै हुनुहुन्थ्यो,’ महरले भने, ‘त्यो कुरा थाहा भई–भई राज्यले दुःख दिने हिसाबले रातारात सार्वजनिक यातायातको माध्यमबाट जसरी काठमाडौँ ल्याउने काम गरियो, यो गैरन्यायिक र गैरकानूनी छ।’

एमाले संसदीय दलको बैठकले उपाध्यक्ष पौडेलललाई तत्काल रिहा गर्न समेत माग पनि गरेको छ। महरकाअनुसार बैठकलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । बैठकले अध्यक्ष ओलीलाई धन्यावाद ज्ञापनसहितका विभिन्न सात वटा प्रस्ताव पारित गरेको पनि उनले जानकारी दिए ।

  • ९ असार २०८३, मंगलवार १९:०३ प्रकाशित