चितवन ।
सोमबार नै सुरु हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्दसत्र मङ्गलबार सुरु भएको छ। सभापति रवि लामिछाने महाधिवेशन स्थलमा पुगेसँगै बन्दसत्र सुरु भएको हो ।
मङ्गलवार दिउँसो २ बजेबाट सुरु हुने भनिएको रास्वपाको बन्दसत्र साढे ३ बजेदेखि सुरु भएको हो ।महाधिवेशन प्रतिनिधि छनोटमा विवाद हुँदा निर्धारित समयमा बन्दसत्र सुरु हुन सकेको थिएन ।
प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाह पनि आउने क्रममा रहेको प्रवक्ता मनिष झाले जानकारी दिए । विवाद समाधानको जिम्मा सभापति लामिछानेलाई दिएर बन्दसत्र सुरु गरिएको नेताहरूले बताएका छन् ।













