काठमाडौं ।
पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सरकारी वकिलको कार्यालयमा लगिएको छ। उनलाई माइतीघर स्थित विशेष सरकारी वकिलको कार्यालयमा लगिएको हो।
सरकारी वकिलले उनलाई हिरासतमा राख्न विशेष अदालतमा म्याद थप प्रयोजनार्थ पेस गर्नुपर्ने कानुनी प्रावधान छ।
पौडेललाई सोमबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा सुर्खेतबाट पक्राउ गरेर काठमाडौँ लगिएको हो । उनी वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट पक्राउ परेका थिए । उनलाई सड्क मार्गबाट आज बिहान काठमाडौँ लगिएको हो ।













