विष्णु पौडेललाई बयानका लागि सम्पत्ति शुद्धीकरण विभाग पुर्‍याइयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्व उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पुर्‍याइएको छ । सोमबार पक्राउ गरेर ल्याइएका उनलाई बयानका लागि विभाग पुर्‍याइएको हो ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेको व्यवसायी दीपक भट्टसँगको शंकास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागको सिफारिस अनुसार उनलाई सुर्खेतबाट पक्राउ गरिएको थियो ।

उनलाई स्थलमार्ग हुँदै काठमाडौं लगिएको थियो । केही बेरअघि माइक्रोबसमा राखेर लगिएका उनलाई विभागमा उपस्थित गराइएको हो ।

  • ९ असार २०८३, मंगलवार १३:०१ प्रकाशित