काठमाडौं ।
रास्वपा प्रवक्ता मनिष झाले महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।बन्द सत्रस्थल बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले आफू मानसिक रुपमा महामन्त्रीका लागि तयार भइसकेको बताएका हुन् ।
साथै, परिणाम जेसुकै आए पनि आफू महामन्त्री भिड्ने पनि उनले बताए ।‘म महामन्त्री पदका लागि मानसिक रुपमा तयार भइसकेँ । परिणाम जेसुकै होस्, म अब भिड्नका लागि तयार भइसकेँ,’ झाले भनेका छन् ।












