रास्वपाले नेतृत्व चयनमा ई-भोटिङ’ मेसिन प्रयोग गर्ने

केन्द्रभाग मिडिया

चितवन ।

राष्ट्रिय स्वतन्त्र पार्टीले नेतृत्व चयनमा विद्युतीय मतदानको तयारी गरेको छ ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार राम लक्ष्मण कम्पनीको विद्युतीय भोटिङ मेसिनबाट रास्वपाले मतदान गर्न लागेको हो ।

मेसिन प्रयोगका लागि रामलक्ष्मण कम्पनीलाई २५ लाख रूपैयाँ रकम दिइसकेको उनले बताए । त्यसैगरी रास्वपाले विदेशका प्रतिनिधिलाई पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ । ४० देशका प्रतिनिधिहरूले मतदान गर्नेगरी व्यवस्था गरिएको उनले जानकारी दिए ।

  • ८ असार २०८३, सोमबार १४:१८ प्रकाशित