सुर्खेतमा पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको ज्यान गयो

केन्द्रभाग मिडिया

symbolic picture

सुर्खेत ।

पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालिकाको ज्यान गएको छ । वीरेन्द्रनगर नगरपालिका-१० पठान टोलकी अन्दाजी १४ वर्षीय सम्झना थापा र १२ वर्षकी कल्पना रावतको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुवै बालिका घर नजिकै रहेको टुनी खोलामा पौडी खेल्न गएका थिए ।पौडी खेल्ने क्रममा डुबेका उनीहरुलाई अचेत अवस्थामा उद्धार गरी प्रदेश अस्पताल कालागाउँ पुर्‍याइएको थियो । अस्पतालमा शनिबार साँझ नै चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

  • ७ असार २०८३, आईतवार १२:०९ प्रकाशित