चितवन । चितवनमा आजदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन स्थल रातभर परेको अत्यधिक वर्षाका कारण जलमग्न भएको छ।
वर्षापछि चौरमा पानी जमेकोले अहिले त्यो पानी निकाल्ने काम भइरहेको छ।
यसैबीच गृहमन्त्री सुधन गुरुङले रास्वपा महाधिवेशन स्थलको अनुगमन गरेका छन् । आज दिउसो पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।













