काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयले शाहको जन्मोत्सव सम्बन्धी सूचना गलत भएको बताएको छ । बुधवार संवाद सचिवालयका सचिव फणिराज पाठक एक विज्ञप्ति जारी गर्दै पूर्वराजाको जन्मोत्सव सम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत भएको जानकारी दिएका हुन् ।
‘श्री ५ महाराजाधिराजको शुभ जन्मोत्सवको सन्दर्भमा संवाद सचिवालय द्वारा जारी भएको विज्ञप्ति भन्दै सामाजिक सञ्जालमा फैलिएको गलत सूचनाप्रति संवाद सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । साथै, संवाद सचिवालयबाट हाल कुनै पनि प्रकारको सूचना जारी नगरिएको तथ्य सबैमा सूचित गर्दछु ।’पाठकले भनेका छन् ।














