भेप प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश

केन्द्रभाग मिडिया

काठमाडौं ।

इलेक्ट्रिक सिगरेट (भेप)मा लुकाएर सुन तस्करी गरेको अभियोगमा विशेष अदालतले नायब सुब्बा रेवन्त खड्कालाई थुनामा पठाउने आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य हेमन्त रावल र विदुर कोइरालाको इजलासले खड्कालाई थुनामा पठाउने आदेश दिएको हो । खड्काले अदालतमा उपस्थित हुने निवेदन दिएपछि आजै बयान सकेर थुनछेक बहस भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलबाट तस्करी भएको आठ हजार ४८० ग्राम सुनको हुन आउने मूल्य सात करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बराबरको सम्पत्ति हिनामिना हानि–नोक्सानी भएको भन्दै संयुक्त बिगो सात करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ कायम गरेर मुद्दा चलाइएको थियो ।

अख्तियारले मुद्दा चलाउँदा नेपाल सरकारबाट गठित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० र भन्सार विभागका निर्देशकसमेतले पेस गरेको २३ साउन ०८० को छानबिन प्रतिवेदनसमेतलाई आधार लिएको थियो । अघिल्लो मुद्दामा अदालतले गरेको फैसलालाई पनि अख्तियारले आधारका रूपमा लिएको थियो ।

चिनियाँ नागरिक ली हाङ सङले दुई वटा सुटकेसभित्र ७३ बट्टामा ७३० थान भेप जस्तो देखिने वस्तुमा सुन लुकाई छिपाइ लिएर आएका थिए । त्यसलाई भन्सार कार्यालयका तत्कालीन पहिलो जाँचकी ९एक्सरे स्क्रिनर० नासुले परीक्षण गरेका थिए ।

  • २२ जेष्ठ २०८३, शुक्रबार १७:०७ प्रकाशित