स्याङ्जामा अवैध रुपमा ढुंगा उत्खनन् गरि ओसारपसार गर्ने ट्याक्टरलाई जरिवाना

केन्द्रभाग मिडिया

पोखरा ।
स्याङ्जामा अवैध रुपमा नदिजन्य पदार्थ ढुंगा उत्खनन् गरि ओसारपसार गर्ने एक ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्याङ्जा चापाकोट नगरपालिका वडा नम्बर ९ निर्दिमघाट स्थित कालिगण्डकी नदी किनारबाट अवैध रुपमा ढुंगा उत्खनन गरेको आरोपमा उक्त ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

जसमा लु ४ त ६९८१ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।नियन्त्रणमा लिईएको उक्तलाई ७ सय रुपैयाँ जरिवाना गरि छाडेको चापाकोट नगरपालिका कार्यालयले बताएको छ ।

  • २० जेष्ठ २०८३, बुधबार १४:२५ प्रकाशित