काठमाडौं ।
पूर्वराष्ट्रपति विद्या भण्डारीले जननेता मदन भण्डारीले स्थापिन गरेको वैचारिक आधार नेपाली राजनीतिक इतिहासमा अमूल्य सम्पत्ति भएको बताएकी छन् ।
शनिबार ‘मिडियामा मदन भण्डारी’ पुस्तकबारे आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । मदनको खुला राजनीतिक जीवन अपेक्षाकृत छोटो रहे पनि वैचारिक प्रभाव र राजनीतिक योगदान दीर्घकालीन रहेको उनको भनाइ थियो ।
‘उहाँले देखाउनुभएको बाटो, स्थापित गर्नुभएको वैचारिक आधार तथा लोकतान्त्रिक संस्कृतिप्रतिको अटल प्रतिबद्धता नेपाली राजनीतिक इतिहासमा अमूल्य सम्पत्तिका रूपमा रहेका छन्,’ भण्डारीले भनिन् ।

















