विधानअनुसार नचल्नेलाई जिम्मेवारीबाट हटाइन्छ : सभापति थापा

केन्द्रभाग मिडिया

File photo

विराटनगर ।

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधानअनुसार नचल्नेहरूलाई जिम्मेवारीबाट नै हटाइने बताएका छन् । आज (शनिबार) बिहान विराटनगरस्थति नेता डाक्टर शेखर कोइरालाको निवास पुगेर पत्रकार भेटघाट गरेका उनले सदस्यता नवीकरणमा अवरोध गर्नेहरूलाई जिम्मेवारीबाट हटाइने बताएका हुन् ।

‘कुनै पनि तहबाट कसैले पनि सदस्यता अद्यावधिकमा अवरोध सिर्जना गर्नुभयो भने पार्टीको विधानअनुसार साथीलाई धन्यवाद भनेर मैले अर्को साथीलाई जिम्मेवारी दिन्छु’ उनले भने ।

कारबाहीको प्रक्रिया सुरु भइसकेको बताउँदै सभापति थापाले सदस्यता नवीकरणमा अवरोध सिर्जना नगर्न आग्रह गरेका हुन् । ‘पार्टीको सदस्यता व्यवस्थापन समिति पनि सल्लाहले बनाउने, पार्टीको अनुशासन समिति सल्लाहले बनाउने, पार्टीको निर्वाचन समिति सल्लाहले बनाउने, चाहेको जति नेताहरू पार्टीको केन्द्रीय समितिभित्र आएर बस्ने वातावरण बनाउने भनिसकेपछि अब कि त अनुहार मन पर्दैन भन्नुपर्‍यो, त्योभन्दा बाहेक बाँकी रहेको भन्ने ठाउँ चाहिँ केही पनि छैन’, उनले भने।

 

  • ९ जेष्ठ २०८३, शनिबार १२:२६ प्रकाशित