काठमाडौं ।
प्रतिनिधि सभामा तेस्रो ठूलो दल नेकपा एमालेको सचिवालय बैठक आज (शनिबार) पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे अध्यक्ष ओलीको निवास गुण्डुमा बस्नेछ ।
शुक्रबारदेखि सुरू बैठकमा सचिवालय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन् । नेताहरूले अध्यक्ष ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका छन् ।
शुक्रबार बोल्न बाँकी रहेका सचिवालय सदस्यहरूले शनिबारको बैठकमा आफ्नो धारणा राख्नेछन् । शनिबारको बैठकमा महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराईले धारणा राख्नेछन् ।
त्यस्तै सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, यामलाल कँडेल, हिक्मत कार्की, खगराज भट्ट, भानुभक्त ढकाल, राजन भट्टराई, शेरधन राई र महेश बस्नेतले आज धारणा राख्नेछन् ।


















