आज सेयर बजार १६.३८ अङ्कले बढ्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

सेयर बजार मापक नेप्से परिसूचकमा आज दोहोरो अङ्कको सुधार देखिएको छ। साताको कारोबारको एक दिन नेप्से परिसूचक १६.३८ अङ्कले बढेर २७५.४९ विन्दुमा पुगेर बन्द भएको छ।

आजको बजारमा कूल ३३६ कम्पनीका १ करोड ८ लाख कित्ता सेयर किनबेच भएका छन्। यसक्रममा कूल ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको बजारमा २०२ कम्पनीको मूल्य बढेको छ भने ५९ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

  • ८ जेष्ठ २०८३, शुक्रबार १५:४५ प्रकाशित