काठमाडौं।
विपक्षी दलहरूको अवरोधका बिच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको कारबाही अगाडि बढाएका छन् । पहिलो बैठकमा अवरोध गरेपछि १५ मिनेट स्थगित गरेका सभामुख अर्यालले त्यसपछि विपक्षीलाई पेलेर अगाडि बढेका हुन् ।
प्रतिपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर रोस्टममा पुगे पनि सभामुख पेलेर अगाडि बढेका हुन् ।प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट विपक्षीको अवरोधका बिच कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले निर्वाचनसम्बन्धी अध्यादेश स्वीकृत गरियो भन्ने प्रस्ताव पेस गरेकी छन् ।
अहिले विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी सहितले रोस्टममा पुगेर नाराबाजी गरिरहेका छन् ।

















