काठमाडौं ।
सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर प्रतिनिधि सभामा भएको अवरोधबारे जानकारी गराएका छन्।सभामुखकी प्रमुख स्वकीय सचिव मुना कुँवरले सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई भेटेर संसद् भवनमा फर्किसकेको जानकारी दिइन् ।
विपक्षी दलहरूले बिहीबारको सदन प्रधानमन्त्री शाह सांसदसँगको प्रश्नोत्तरमा सहभागी हुनुपर्ने माग गर्दै अवरुद्ध पारेका थिए ।
सबै विपक्षी दलहरूले प्रतिनिधि सभा नियमावलीको नियम ५६ बमोजिम प्रधानमन्त्रीको प्रश्नोत्तर हुनुपर्ने माग राखेर उठेपछि सभामुख अर्यालले प्रतिनिधि सभा स्थगित गरेर प्रधानमन्त्री शाहलाई भेट्न पुगेका हुन् । उनीहरूबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको हो।
प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गर्दै विपक्षी सांसदहरूले प्रश्न उठाइरहेका छन् । आज सदन नै अवरुद्ध भएपछि सभामुख बैठक स्थगित गरेर प्रधानमन्त्री भेट्न पुगेका हुन्।


















