काठमाडौं ।
धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो गाडी दुर्घटनामा घाइते भएका ६ जनालाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ ।
गएराति भएको दुर्घटनामा एक महिलाको ज्यान गएको थियो भने नौ जना घाइते भएका थिए । लापाबाट बोराङतर्फ जाँदै गरेको बोलेरो उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटना भएको हो ।
उनीहरूमध्ये गम्भीर रहेका ६ जनालाई काठमाडौँ ल्याइएको हो ।













