पोखरा ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कुवेती र बहराइनसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । तर, युरोसहित केही मुद्राको भाउ भने बढेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १४८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५७ पैसा छ । हिजो अमेरिकन डलर १ को खरिददर १४९ रुपैयाँ २१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८१ पैसा थियो ।
त्यसैगरी युरो १ को खरिददर १६३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४४ पैसा छ । हिजो युरो १ को खरिददर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ २१ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६८ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९७ रुपैयाँ ३२ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर ९९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०० रुपैयाँ ३२ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०० रुपैयाँ ४० पैसा र बिक्रीदर १०० रुपैयाँ ८० पैसा थियो ।
आज कुवेती दिनार १ को खरिददर ४८२ रुपैयाँ १० पैसा र बिक्रीदर ४८४ रुपैयाँ ०५ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४८३ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४८४ रुपैयाँ ९८ पैसा थियो ।
त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३९४ रुपैयाँ ८८ पैसा बिक्रीदर ३९६ रुपैयाँ ४७ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३९५ रुपैयाँ ५२ पैसा बिक्रीदर ३९७ रुपैयाँ ११ पैसा थियो।
त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध छ ।













