स्थानीय तहका जनप्रतिनिधिको भेला गर्दै एमाले

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले आज शुक्रबार आफ्नो पार्टीको तर्फबाट स्थानीय तहमा रहेका जनप्रतिनिधिहरूको भेला गर्दैछ । एमालेको स्थानीय विकास विभागले स्थानीय तहका जनप्रतिनिधिहरूको भेला तथा अन्तरसंवाद कार्यक्रम गर्न लागेको हो ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा कार्यक्रममा हुने एमालेले जनाएको छ । एमाले नेताहरुका अनुसार भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी र महासचिव शंकर पोखरेललगायतले सम्बोधन गर्ने छन् ।

एमालेले हिजो केन्द्रीय कमिटीको बैठक गरेको थियो भने त्यसअघि राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो । स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर एमालेले पार्टीका आन्तरिक भेला र बैठकहरू निरन्तर गरिरहेको छ ।

  • ४ मंसिर २०८३, शुक्रबार ०९:५३ प्रकाशित