काठमाडौं ।
आज प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिँदैछन् । बैठक बिहान ११ बजे बस्दैछ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद– ९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।
यस्तै, आज नै पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन– १०८१’ पेस गर्ने छन् ।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक– २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।