प्याराग्लाइडिङ पाइलटको मापसे र लापसे चेकिङ, एकजना पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

मामसे र लापसे (मादक पदार्थ सेवन र लागुपदार्थ सेवन) चेकिङ गरेर कास्की प्रहरीले एकजना प्यारा ग्लाइडिङ पाइलटलाई पक्राउ गरेको छ । प्याराग्लाइडिङ उडान गर्न तोकिएको पोखरा– २४ मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ पाइलट विशालबहादुर क्षेत्रीलाई पक्राउ पक्राउ गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।

‘उनका अनुसार प्याराग्लाइडिङ पाइलटले मापसे र लापसे गर्छन् भनेर प्राप्त गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा एक जनाले मादक पदार्थ र लागुपदार्थ सेवन गरेको पाइएपछि पक्राउ गरिएको एसपी ओलीयाले जानकारी दिए ।

पक्राउ परेका पाइलट क्षेत्री पोखरा– २४ का बासिन्दा हुन् । उनीविरूद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान गरेर मुद्दा अघि बढाउने डिएसपी ओलियाले बताए ।

पोखराको पर्यटनमा प्याराग्लाइडिङमा पर्यटकको आकर्षण रहेको भन्दै उनले मादक पदार्थ र लागुऔषध सेवन गरेर प्याराग्लाइडिङ नगर्न पनि आग्रह गरे। पर्यटन क्षेत्रलाई सुरक्षित बनाउन प्रहरीले छड्के चेकजाँच राखेको उनले बताए ।

सोमबार प्याराग्लाइडिङ उडाउन गएका ३९ जना पाइलटको मादक पदार्थ सेवन गरे र नगरेको परीक्षण गरिएको थियो भने १५ जनाको लागुऔषध सेवन सम्बन्धी परीक्षण गरिएको थियो । परीक्षणमा एक जनाले मात्र दुबै पदार्थ सेवन गरेको भेटिएको हो ।

  • ५ जेष्ठ २०८२, सोमबार २१:०२ प्रकाशित