राष्ट्रपति पौडेलसँग कोरियाली राजदूतको शिष्टाचार भेट

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत Park Tae-kyung ले शिष्टाचार भेट गरेका छन्।उक्त भेटघाट काठमाडौँको महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालयमा भएको हो।

राष्ट्रपति कार्यालयका अनुसार सो अवसरमा नेपाल र गणतन्त्र कोरियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा साझा चासोका विषयहरूमा कुराकानी भएको बताइएको छ ।

  • २० कार्तिक २०८३, शुक्रबार १२:२३ प्रकाशित