आज सुनको मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँले घट्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

शुक्रबार सुनको मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँ घटेको छ ।

अघिल्लो दिन १३ हजार ३ सय रुपैयाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ८८ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्य ११० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ८१० रुपैयाँमा कायम भएको छ ।

  • २० कार्तिक २०८३, शुक्रबार १२:२६ प्रकाशित