पर्यटन बाेर्ड सदस्य नियुक्तिमा पाेखराका व्यवसायीकाे भवना समेटिएन 

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल पर्यटन बोर्डको बोर्ड सदस्यमा नरेन्द्र भट्ट र कुमार थपलिया नियुक्त भएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले गठन गरेको समितिको सिफारिसका आधारमा भट्ट र थपलिया बोर्ड सदस्य नियुक्त भएका हुन् ।

पर्यटन बाेर्डकाे रिक्त सदस्यमा देशकै पर्यटकीय राजधानी पाेखरालाई आधार मानेर पाेखरामै लगानी रहेकाे पात्रलाई चयन गर्न पाेखरेलीले गरेकाे आग्रहकाे भने बेवास्ता भएकाे छ ।

पाेखराका व्यवसायीले पर्यटन बोर्डको रिक्त सदस्यमा पोखराको उपस्थिति अनिवार्य हुनुपर्ने भन्दै पर्यटन मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका थिए ।

हाेटल संघ पाेखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकीय राजधानी पाेखराकाे बाेर्डमा प्रतिनिधित्व नहुनु दुखकाे कूरा भएकाे बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले बाेर्डमा पोखराकाे उपेक्षा गरिनु समग्र पर्यटन क्षेत्रकै उपेक्षा भएकाे टिप्पणी गरे ।

 

  • २ जेष्ठ २०८२, शुक्रबार २०:३३ प्रकाशित