भोटेकोशी बाढीपछि बेपत्ता २१३ भारतीयलाई मृत घोषित गर्ने प्रक्रिया सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालमा गत भदौमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका २१३ भारतीय नागरिकलाई मृत घोषित गर्ने प्रक्रिया सुरु गरिएको छ ।

भारतीय दूतावासले सूचीमा कुनै त्रुटि भए सच्याउन वा आपत्ति जनाउन पीडित परिवारलाई आगामी २ डिसेम्बरसम्म समय दिएको छ ।

भारतीय दूतावासले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल सरकारले मृतक घोषणा गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ९एनडीआरआरएमए० ले बेपत्ता भारतीय नागरिकको सूची आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ ।

सूचीमा नाम थप्न, हटाउन वा विवरण सच्याउन परिवारका सदस्यले भारतीय दूतावासमा सम्पर्क गर्न सक्नेछन् । त्यसका लागि दूतावासले इमेल ठेगाना पनि उपलब्ध गराएको छ । परिवारबाट प्राप्त सुझाव, टिप्पणी तथा संशोधनको प्रक्रिया पूरा भएपछि नेपाल सरकारले सूचीलाई अन्तिम रूप दिनेछ र औपचारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढाउनेछ ।

त्यसपछि भारतीय दूतावासले नेपालका स्थानीय निकायबाट उनीहरूको मृत्यु प्रमाणपत्र प्राप्त गर्नेछ । यस प्रक्रियाका क्रममा दूतावासले बेपत्ता व्यक्तिका परिवारसँग थप विवरण तथा आवश्यक कागजात माग्न सक्ने जनाएको छ । आगामी दिनमा यसबारे थप जानकारी सार्वजनिक गरिने पनि दूतावासले जनाएको छ ।

  • १० मंसिर २०८३, बिहीबार १४:०७ प्रकाशित