लेखनाथ।
महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि भन्ने मुल नाराको साथ यहि पुस २ गतेदेखी १३ गतेसम्म सञ्चालन हुने २२ औं लेखनाथ महोत्सवमा कृषि प्रर्दशनीलाई अझै वृहत र व्यवस्थीत बनाईने भएको छ ।
संघमा बुधबार सम्पन्न कृषि उप–समितिको महोत्सवको तयारी सम्बन्धी वैठकले यसपालीको महोत्सवमा कृषकहरु वढि भन्दा बढि लाभान्वित हुने गरि प्रर्दशनी सञ्चालन गर्ने निर्णय गरेको हो ।
महोत्सवमा पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको समन्वयमा आयोजना गरिने प्रर्दशनीमा विभिन्न किसिमका फलफुल तथा तरकारी, बिउ विजन, कृषि प्रविधिहरुका उत्कृष्ठ नमुनाहरु प्रर्दशनीमा राखिनुका साथै माटोको उर्वराशक्ति तथा क्षमता, अम्लीयपन कस्तो छ भनेर किसानलाई जानकारी पनि दिईनेछ भने छुटृै कृषि गेट समेत निर्माण गर्ने योजना रहेको कृषि उप–समितिका संयोजक दयाराम तिवारीले जानकारी दिए ।
प्रर्दशनीमा स्थानिय तालका माछा, मह, फलफुल, ताजा तरकारी, कफि, जडिबुटि, विभिन्न स्थानिय कृषि उपजको प्रर्दशनी एवं बिक्रि, कृषि सम्बन्धी परामर्श र कृषि व्यवसायमा प्रयोग हुने परम्परागत तथा आधुनिक सामग्रीहरुको प्रर्दशनी गरिनेछ भने प्रर्दशनीमा सहभागी किसानहरुमध्येबाट उत्कृष्ठ हुनेलाई पुरस्कृत समेत गरिने छ ।
संघका कार्यवाहक अध्यक्ष एवं वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाको उपस्थितिमा सम्पन्न वैठकमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका कृष्ण प्रसाद तिवारी, कृषि सेवा केन्द्र खुदीका जिवन सुवेदी, पशु सेवा केन्द्र खुदीका भिष्मराज बाँस्तोला लगायत विभिन्न कृषक प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।












