मानव अधिकार तथा शान्ति समाजले शुक्रबार पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको छ ।
शान्ति समाजले बिहान भारतीय र पाकिस्तानी दुवै दूतावास अगाडि प्रदर्शन गर्ने घोषणा गरेको थियो ।सोहीअनुसार बिहान भारतीय दूतावास अगाडि प्रदर्शन गरेको समाजले दिउँसो पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको हो।
समाजले भारत र पाकिस्तानलाई युद्धलाई बढवा दिने काम तत्काल रोक्न र शान्ति प्रवर्द्धन गर्न आग्रह गरेको छ ।