प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रतिनिधिसभा बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

विपक्षी दलहरूले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनु पर्नाको कारण सरकारले दिनु पर्ने माग गर्दै प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

बुधबार बसेको पहिलो बैठक पनि विपक्षी दलहरूले कुलमानलाई हटाइएको विषयमा प्रधानमन्त्रीले संसद्मा आएर जवाफ दिनुपर्ने माग गर्दै अवरोध गरेका थिए ।

पहिलो बैठकमा विपक्षी दलहरूको तर्फबाट माओवादी सांसद शक्ति बस्नेतले घिसिङलाई हटाउनाको कारण प्रधानमन्त्रीले संसद्मा नदिँदासम्म बैठक सञ्चालन हुन नसक्ने बताएका थिए ।

  • १३ चैत्र २०८१, बुधबार १५:४८ प्रकाशित