नेपाल अडिटर्स एसोसियसनमा पाण्डे

केन्द्रभाग मिडिया

लेखनाथ।

नेपाल अडिटर्स एसोसियसन (अडान) कास्की जिल्ला समितिको सातौ अबिधेसनले अगामी कार्यकालका लागि गुणानिधी पाण्डेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा मधुमान कतिला,सचिवमा कृष्ण प्रसाद ढुगाना,सह सचिवमा छविलाल शर्मा तिमिल्सीना र कोषाध्यक्षमा भलकनाथ पौडेल रहेका छन् भने समितिको सदस्यहरुमा नारायण प्रसाद द्धा,भगवान अधिकारी,गोपाल तिमिल्सीना,प्रेमलाल पाण्डे,बन्धुराज रेग्मी,रामप्रसाद तिवारी र दिपेन्द्र तिमिल्सीना रहेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल अडिटर्स एसोसियसनका केन्द्रीय अध्यक्ष केदारनाथ पौडेलले हिसाव,पिसाव र निसाव चुस्त र दुरुस्त हुनुपर्ने भएकाले ब्यवसायिक मर्यादामा वसेर नियमको पालना गर्न सवैलाई अनुरोध गरेका थिए ।

समितिका अध्यक्ष कमल बहादुर रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा समिति संयोजक सूर्य प्रसाद अधिकारी, प्रथम उपाध्यक्ष डा. डोल प्रसाद दाहाल, तृतीय उपाध्यक्ष तथा नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाका पार्षद झलकमणि लम्साल,नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाका पार्षद प्रदीप कुमार यादब, उपाध्यक्ष बिल बहादुर भूजेल, श्रीबहादुर सिंह बिष्ट, केन्द्रीय उप महासचिब तथा नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाका पार्षद हरि बहादुर कार्की र भरत कुमर श्रेष्ठ, केन्द्रीय सचिब शिबराज बराल र गण्डकी प्रदेश अध्यक्ष पदम बन्धु पोखरेल लगाएतले आ आफनो धारणा राखेका थिए ।

समितिका सचिब गुणानिधी पाण्डेले सांगाठनिक प्रतिबेदन र कोषाध्यक्ष मधुमान कतिलाले आर्थिक प्रतिबेदन पेश गरेको कार्यक्रममा ज्येष्ठ सदस्य चिरञ्जीबी शर्मा अर्याललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाको परिषदमा निर्बचित हुनुभएका परिषद सदस्य (पार्षद) झलकमणि लम्साल, प्रदीप कुमार यादब, हरि बहादुर कार्की र भरत कुमार श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।

  • १२ चैत्र २०८१, मंगलवार १७:०१ प्रकाशित