काठमाडौं ।
बुधबार सेयर बजार ४.७९ अंक बढेको छ । यो वृद्धिपछि परिसूचक नेप्से २६६७ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २१.१५ अंक घटेको थियो । कारोबारका क्रममा आज दिनभर बजार सामान्य उतारचढावमा रह्यो ।
आज कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ४ अर्ब ७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४० करोडको भयो ।
आज १२२ कम्पनीको मूल्य बढ्दा १४३ को घट्यो भने ११ को स्थिर रह्यो ।












