तीन दलका शीर्ष नेताहरुबीचको छलफल सुरु

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सङ्क्रमणकालीन न्याय (टीआरसी) बारे छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफल सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा केहीबेर अघि सुरु भएको छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् ।

तीन शीर्ष नेताबाहेक गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, खिमलाल देवकोटा, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि छलफलमा सहभागी छन् ।

प्रधानमन्त्री ओलीले टीआरसीबारे छलफल गर्न अघिल्लो साता नै प्रयास गरे पनि विपक्षी दलका नेता प्रचण्डले समय नदिँदा सम्भव नभएको संसदमा बताएका थिए । सङ्क्रमणकालीन न्यायका लागि कानुन बने पनि बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग आयोग गठन हुन सकेका छैनन् ।

 

  • ११ चैत्र २०८१, सोमबार १७:०६ प्रकाशित