काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले टिके प्रथा अन्त्य हुन जरुरी रहेको टिप्पणी गरेका छन् ।
पार्टी संस्थागत र विधिगत रूपमा चल्न नसकेको भन्दै अध्यक्ष माधव नेपालको कटाक्ष गर्दै खनालले सो टिप्पणी गरेका हुन्। शुक्रवारबाट जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता खनालले पार्टी निकट विद्यार्थी सङ्गठन र युवा सङ्घमा गम्भीर समस्या देखिएकाले त्यसको निकास विधि र प्रक्रिया बमोजिम दिनुपर्नेमा जोड दिए ।
उनले जनसङ्गठनहरूमा ‘टिके प्रथा’ सुरु भएको भन्दै अबदेखि ‘टिके प्रथा’ सदाका लागि अन्त्य गर्नुपर्ने धारणा राखे । ‘कुनै पनि पार्टी र सङ्घ सङ्गठन संस्थागत, विधिगत रूपमा चल्नुपर्छ’, खनालले भने, ‘अबदेखि टिके प्रथा सदाका लागि अन्त्य हुन जरुरी छ ।’
















