भारतमा छात्रा मृत्यु प्रकरण : आरोपित प्रहरी हिरासतमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतको ओडिसास्थित केआईआईटी कलेजमा प्रकृति लम्सालको मृत्यु प्रकरणमा पक्राउ परेका अड्विक श्रीवास्तवको मोबाइल प्रहरीले जफत गरेको छ ।

लम्साललाई आत्महत्या गर्न उक्साहट गरेको आरोपमा पक्राउ परेका उनलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको भुवनेश्वर प्रहरीले जनाएको छ । साथै, सोमबारबाट उनको मोबाइल प्रमाणका रुपमा जफत गरिएको भनिएको छ ।

प्रहरीले प्रकृतिको मोबाइल, ल्यापटप र एउटा डायरी पनि लगेको छ । त्यसको डिजिटल जाँच गरेर यो अनुसन्धानमा प्रमाणहरू जुटाइने भनिएको छ ।

२० वर्षीया लम्साल आइतबार अपराह्न होस्टलमा मृत अवस्थमा भेटिएकी थिइन् । त्यसपछि श्रीवास्ताव भागेर कोलकातास्थित घर जान खोजेका थिए । तर, व्यापक दबाबबीच उनी विमानस्थलबाटै पक्राउ परेका थिए ।

आरोपी अड्विक सोही कलेजमा बि-टेक (मेकानिकल) तेस्रो वर्षमा अध्ययनरत थिए ।

  • ६ फाल्गुन २०८१, मंगलवार १६:३७ प्रकाशित