पूर्व डीआईजी छविमाथिको थुनछेक बहस सकिएन, हिरासतमा राख्न आदेश

केन्द्रभाग मिडिया

काठमाडौँ ।

पूर्व डीआईजी छविलाल जोशीको थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको मुद्दामा उनि आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

उनको बयान सकिएको छ । थुनछेक बहस पुरा नभएपछि न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई प्रहरीको जिम्मा लगाउन आदेश गरेका छन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट जोशीको नाममा १ करोड ३० लाख ऋण निकासा भएको भेटिएको छ ।

थुनछेक बहस पुरा नभएसम्म उनलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिने प्रहरीले बताएको छ ।

  • ६ माघ २०८१, आईतवार १७:०३ प्रकाशित