असोज १७ देखि भीषण वर्षा हुने हल्ला भ्रामक रहेको मौसम विभागको स्पष्टि

केन्द्रभाग मिडिया

काठमाडौं ।

असोज १७ देखि तीन दिन भीषण वर्षा हुने भनेर फैलाइएको हल्ला भ्रामक रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आज एक सूचना जारी गर्दै भीषण वर्षासम्बन्धी यस्ता भ्रामक खबरको पछि नलाग्न र त्यस्ता सामग्री नफैलाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।सर्वसाधारणले असोज १७ गतेदेखि भिषण वर्षा हुँदैछ रे भनेर विभागमा सोधपुछ गरेको र त्यसप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको सूचनामा उल्लेख छ ।

सूचनामा लेखिएको छ, ‘नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यस्तो कुनै पनि पूर्वानुमान नगरेको र मौसमी गतिविधिमा खासै फेरबदल नपाइएकाले यस्ता भ्रामक खबरको पछि नलाग्न/नफैलाउन नेपाल मौसम विद्दान विभाग विनम्रा अनुरोध गर्दछ ।’

साथै सम्पूर्णलाई मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सन्जालमार्फत् अपडेट रहन विभागले अनुरोध समेत गरेको छ ।

 

  • १३ आश्विन २०८३, मंगलवार १६:३० प्रकाशित