अमेरिकी र अस्ट्रेलियन डलरसहित यी मुद्राको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, बहराइन दिनारसहितका विदेशी मुद्राको भाउ बढेको छ । तर, युरो, पाउन्ड, कुवेती दिनारसहित कतिपय मुद्राको भाउ भने घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मद्राको विनिमय दर अनसार आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा छ । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै महँगो हो ।

हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा थियो । त्यसैगरि आज युरो १ को खरिदर १६३ रुपैयाँ २५ र बिक्रीदर १६३ रुपैयाँ ९४ पैसा छ । हिजो युरो १ को खरिदर १६३ रुपैयाँ ४९ र बिक्रीदर १६४ रुपैयाँ १८ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ १९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९८ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८७ रुपैयाँ १३ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९३ रुपैयाँ २३ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९३ रुपैयाँ १० पैसा थियो ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ५१ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४६१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ९५ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५९ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५६ पैसा थियो ।

  • १८ कार्तिक २०८२, मंगलवार ०८:२० प्रकाशित