भारी वर्षाको सम्भावनापछि प्रधानमन्त्री शाहको अनुरोध : भने, ‘मौसम विभागको सूचना र निर्देशन पालना गर्नुस’

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले भारी वर्षाको सम्भावनापछि सम्पूर्ण नागरिकहरुलाई सुरक्षित, सचेत र सावधानी अपनाउन अनुरोध गरेका छन् ।
मौसम विज्ञान विभागले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएकोले प्रधानमन्त्री शाहले सम्पूर्ण नागरिकहरूलाई सर्तकता अपनाउन अनुरोध गरेका हुन् ।

साथै उनले सरकारका तर्फबाट सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गरिएको जनाएका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न समेत अनुरोध गरेका छन् ।

  • ७ आश्विन २०८३, बुधबार १६:४३ प्रकाशित