भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवार र आफन्तद्वारा माइतीघरमा प्रदर्शन

केन्द्रभाग मिडिया

काठमाडौं।

रसुवाको भोटेकोशी बाढीमा परेर बेपत्ता भएकाहरूको परिवार र आफन्तले बुधबार माइतीघरमा प्रदर्शन गरेका छन्।

माथिल्लो त्रिशूली ३ ‘१’को क्याम्पबाट बेपत्ता भएकाहरूको खोजी गरिदिन, बाढीले बगाउनुअघिको सीसीटीभी फुटेज सार्वजनिक गर्न उनीहरूले माग गरेका छन्।

आफ्ना आफन्त खोजिदिन दक्षिण कोरियाली निर्माण कम्पनी डोसानलाई आग्रह गर्दा ज्यान मार्ने धम्की दिएको र बाढी आउनुअघि सावधानी नअपनाएर कम्पनीले लापरबाही गरेको उनीहरूको आरोप छ । गत भदौ १० गते विनाशकारी बाढी आएको थियो।

  • ७ आश्विन २०८३, बुधबार १६:३१ प्रकाशित