नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य

केन्द्रभाग मिडिया

पोखरा ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको तेस्रो खेलमा नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ ।

यूूएईमा शनिबार जारी खेलमा नेपालले टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको थियो । ४९.५ ओभरको खेलमा अलआउट हुँदै विकेट २७१ रन बनाएको हो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७५ रनको योगदान दिए । त्यस्तै करण केसीले ४९, कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रनको योगदान दिए ।

त्यस्तै आसिफ शेख, आरिफ शेख र गुल्सन झाले दोहो अंकमा रन बनाउन सकेनन् । नन्दन यादवले १, सन्दीप लामिछानेले ४ र ललित राजवंशीले १ रन बनाए । अमेरिकाका हर्मित सिंहले सर्वाधिक ३ विकेट लिए ।

नोस्थस केन्जिगे र सौरभ नेत्रभलकरले २–२ विकेट लिए । शुभम रन्जने र जस्दिप सिंहले १–१ विकेट प्राप्त गरे ।

  • १५ कार्तिक २०८२, शनिबार १५:५९ प्रकाशित