एक करोड बढी मुल्यका सामाग्री चोरी गर्ने दुइ पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
कास्की प्रहरीले एक करोड बढी मुल्यका सामाग्री चोरी गर्ने दुुइजनालाई पक्राउ गरेको छ । प्रहरीले गत जेठ ११ गते राती पोखरा १७ घारिपाटनका लक्ष्मी कान्त शर्मा र सोही घरमा ढेरा गरी बस्ने कृष्णजी पौडेलको घर कोठा फोडी विभिन्न किसिमका सनका गरगहना ४२ तोला, मोवाईल, ल्याप्टप, क्यामेरा तथा अन्य सामानहरु सहित नगद तीन लाख असी हजार चोरी गरेको आरोपमा पोखरा २२ घर भइ पोखरा १३ मियाँपाटन बस्ने २१ वर्षिय नविन नेपाली र गोरखा स्थायी घर भइ हाल पोखरा ४ गैह्रापाटन बस्ने २९ वर्षिय सुवास थापा मगरलाई पक्राउ गरेको हो ।

चोरी गरी फरार रहेका उनीहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम समेतबाट विशेष अनुसन्धान टोली खटिइ विभिन्न प्राविधिक विश्लेषण तथा सिसिटिभी फुटेजको आधारमा अनुसन्धान गरी पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । पक्राउ परेका नेपाली र थापालाई सात दिनको म्याद थप गरी चोरी तथा डाँका मुद्धामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका थापा र नेपालीको घरकोठाबाट सुनका विभिन्न गर गहना २४ तोला ८४ लाल, विभिन्न कम्पनीका मोबाईल २२ थान, विभिन्न कम्पनीका क्यामेरा ९ थान, विभिन्न कम्पनीका ल्यापटप १५ थान, टिभी २ थान, विभिन्न किसिमका भाँडा वर्तन ४६ थान, कफी मेसिन दुुइ थान, नगद रकम एघार हजार पाँच सय अठ्सट्ठी, विभिन्न कम्पनीका घडी ११ थान, सक्कल नागरिकता १ थान र सक्कली राहदानी १ थान, ड्रोन क्यामेरा २ थान, रेडियो सेट वाकी टकी २ थान र उक्त सेटामा लाग्ने चारजर २ थान, चोरीमा प्रयोग हुुने फलामको रड ३ थान, पेन्चिस २ थान, हेक्सा ब्लेड १ थान, पिलास २ थान, तार काट्ने कटर १ थान र फलामको कुुटो एक थान फेला परेको छ ।

पक्राउ परेका दुवैजनाले सांझको समयमा करिब २ देखि ३ भण्टा चोरी गर्ने घरहरुको निरन्तर अवलोकन गरी निगरानी गर्ने र त्यपछि घरमा कुनैपनि बत्ती नबलेपछि उक्त घरहरुमा चोरी गर्ने गरेको र उनीहरुले प्रायजसो घरहरुमा रहेका ब्याक्ति जो विभिन्न कार्यालयमा काम गरी फकीै सकेपछि केहि समय बाहिर मनोरन्जन गर्न निस्कन्छन त्यस्ता घरहरुलाई लक्षित गरी चोरी गर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको छ ।दुुइमध्ये एक जना पहिला चोरी गर्ने स्थानको घर आसपासको एरियामा गई निगरानी गरी सूचना संकलन गर्ने र घरमा मानिस भए नभएको एकिन गरी अर्को साथीलाई खबर गरी चोरी गर्ने गरेको समेत प्रहरीले प्रारम्भिक सोधपुछको क्रममा पत्ता लगाएको छ ।

पक्राप परेका दुुवैजना पेशेबर चोर रहेको यसअघि समेत उनीहरु मध्ये सुवास थापा मगर २०७५ चैत्र १० गते जिल्ला प्रहरी कार्यालय कास्कीबाट चोरी मुद्धा चलेको राजकुमार नेपाली पटक पटक मुद्धामा करिब ८ वर्ष कारागारमा जेल सजाय भुक्तान गरी २०८० वैशाख १७ गते जिल्ला प्रहरी कार्यालय कास्कीबाट चोरी मुद्धा चली कारागारको सजाय पश्चात १० महिना अगाडी जिल्ला कारागार कास्कीबाट छुुटेको समेत प्रहरीले जनाएको छ ।

निजहरुले गते बैशाख १२ गते पोखरा ३ नदीपुरमा रहेको बेथेस्टा ईन्टरनेश्नल ल्याङवेज सेन्टर प्रालिबाट १६थान ल्यापटप, बैशाख १६गते पोखरा ८ जाल्पारोडमा रहेको मनिका शाही गुरुङको बिन्स एण्ड बेरिज क्याफेबाट कफी बनाउने मेसिन र ग्रयाण्डर, वैशाख २९ गते पोखरा २७ खरानीफाँट स्थित प्रतिभा नेपालीको घरबाट डिजेआइ म्याभिक ड्रोन क्यामेरा र क्यानन क्यामेरा, लेनोभो ल्यापटप, विभिन्न सुनका गरगहना चोरी गरेका थिए ।

बिगत केही समययता चोरी भएका आफ्नो घर पसलका पीडित तथा निवेदकहरुले चोरी भइको कुनैपनि सामाग्रीहरु बरामदीमा रहेको भएमा उल्लेखित सामानहरु पहिचान गरी कानुुन बमोजिम कारबाहीमा सहयोग गर्न समेत कास्की प्रहरीले आग्रह गरेको छ ।

  • २८ जेष्ठ २०८१, सोमबार २३:०७ प्रकाशित