विश्वकपका बाँकी खेल खेल्न वेष्टइण्डिज पुगे सन्दीप

केन्द्रभाग मिडिया

काठमाडौं ।

क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरूमा सहभागी हुने भएका छन् ।

क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान )का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् । लामिछाने वेष्टइन्डिज पुगिसकेका छन् ।

आईसीसीको समन्वयमा लामिछानेले वेष्टइण्डिजमा हुने खेल खेल्न लागेको क्यानले जनाएको छ । लामिछानेले प्रतिश जिसीको स्थान लिने छन् ।

उनले वेष्टइन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् ।विश्वकप क्रिकेट २०२४ का खेलहरू अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । नेपाली राष्ट्रिय टोलीका अरु सदस्यहरु अमेरिका गएर खेलिरहे पनि सन्दीपलाई अमेरिकाले भिसा दिएको थिएन ।

यसअघि नेपालले पहिलो खेल अमेरिकाको डालसमा नेदरल्याण्ड्ससँग खेलेको थियो भने दोस्रो खेल बुधबार बिहान न्यूयोर्कमा श्रीलंकासँग खेल्दैछ । त्यसपछि थप दुई खेलका लागि नेपाल वेष्टइन्डिज जानेछ ।

  • २८ जेष्ठ २०८१, सोमबार १५:१२ प्रकाशित