आज युरो र पाउण्डको भाउ घट्यो, डलरको कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार युरो र पाउण्डको भाउ घटेको छ ।

आज युरोको एकको खरिददर १४३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६४ पैसा थियो ।

आज डलर एकको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा रहेको छ । भने पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७० रुपैयाँ १० पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १७० रुपैयाँ ३१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०८ पैसा थियो ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ८ रुपैयाँ ५३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १८ रुपैयाँ ४५ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६५ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ३७ पैसा र बिक्रीदर २८ रुपैयाँ ५० पैसा रहेको छ ।

  • २८ जेष्ठ २०८१, सोमबार ११:०० प्रकाशित