नेपाली सेनामा भर्ती गराइदिने आश्वसन दिदै ठगी गर्ने पोखरा प्रस्याङका थापा पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली सेनामा सजिलै भर्ती गराइदिन्छु भनी पैसा लिएको आरोपमा पोखरा प्रस्याङ का २७ वर्षिय धर्मराज थापालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

थापाले बाग्लुुङ घर भएका १९ वर्षिय एक युवकलाई नेपाली सेनाको माथिल्लो तहका हाकिम चिनेको छु नेपाली सेनामा सजिलै भर्ती गराइदिन्छु भनी पटक पटम गरी एक लाख ७० हजार रकम ठगी गरेको आरोपमा वडा प्रहरी कार्यालय बैदामको टोलीले पोखरा ५ जिरो किमीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका थापालाई कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्बन्धी कुसरमा अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।

  • २७ जेष्ठ २०८१, आईतवार २०:५४ प्रकाशित