ठगी मुद्धामा फरार गुबाजु पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

ठगी सम्बन्धी मुद्धामा फरार पोखरा २ मोहोरियाटोलका कमलमान गुबाजुुलाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पोखराले ९ महिना कैद सजाय र १५ लाख जरिवाना फैसला भइ ७ महिना २९ दिन कैद सजाय र १४ लाख १५  हजार जरिवाना भुक्तान गर्न बाँकी रही हाल फरार रहेका ५० वर्षिय गुबाजुलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका गुुबाजुलाई अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सुचना अधिकारी प्रहरी निरक्षिक अविनाश दिप जिसीले जानकारी दिए ।

  • २७ जेष्ठ २०८१, आईतवार १९:५३ प्रकाशित