पोखरामा गण्डकी प्रदेश स्तरीय टी–२० पुरुष र महिला क्रिकेट हुने

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष र महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पुरुष र महिलाको दुई छुट्टा–छुट्टै टी–२० क्रिकेट प्रतियोगिता हुने भएको हो ।

प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार पुरुष टी–२० क्रिकेट प्रतियोगिता यहि जेठ ३२ गतेबाट असार ६ गते सम्म पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा सञ्चालन हुनेछ भने महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनौट समेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रादन गरिने अध्यक्ष सिग्देलले जानकारी दिए ।

प्रतियोगितामा ८ जिल्लाको सहभागिता हुने गण्डकी प्रादेशिक क्रिकेट संघले जनाएको छ ।

  • २७ जेष्ठ २०८१, आईतवार १६:४१ प्रकाशित