डा गोविन्द केसीले दिए फेरि अनसन चेतावनी

केन्द्रभाग मिडिया

काठमाडौं ।

डा गोविन्द केसीले विभिन्न ७ बुँदे माग राख्दै पूरा नभए फेरि अनसन बस्ने चेतावनी दिएका छन् । उनले दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने सर्वोच्चको आदेशमा पनि आपत्ति जनाएका छन् ।

डा केसीले सर्वोच्चले फैसलामा पनि माफियाहरुको स्वार्थअनुरुप गरेको गम्भीर आरोप लगाएका छन् ।

‘सुनियोजित ढंगले अध्यक्ष तथा प्रमको हैसियतले प्रचण्ड सबै निर्देशकका पदहरू महिनौँ देखि खाली राखेर चिकित्सा शिक्षा ऐन तथा नियमावली विपरीत र आयोगको स्थापित मूल्य मान्यता र मर्ममा प्रहार हुने गरी पार्टी वफादार भ्रष्ट न्यायाधीशहरूको सहयोगमा माफियाहरूको स्वार्थ पूरा हुने फैसला तथा निर्णयहरू गराउन प्रभावकारी भूमिका निर्वाह गरिरहेका छन्’, उनले भनेका छन् ।

डा केसीले आफूहरुले सशस्त्र द्वन्द्वकालीन मुद्दाका पीडितहरुलाई न्याय दिन निरन्तर घच्घच्याइरहेको तर, सरकारले कुनै कदम नचालेको पनि जिकिर गरेका छन् । उनले राज्य जवाफदेही हुनुको साटो मिडियाको मुख थुन्न लागिपरेको बताएका छन् ।

  • २५ जेष्ठ २०८१, शुक्रबार १६:१२ प्रकाशित