वर्ड फ्लु सङ्क्रमणका कारण पहिलो पटक मान्छेको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौँ ।
वर्ड फ्लु संक्रमणको कारण पहिलो पटक मान्छेको ज्यान गएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बुधबार बताएअनुसार मेक्सिकोमा वर्ड फ्लुकै कारण एक जना ५९ वर्षका पुरुषको ज्यान गएको हो । ती व्यक्तिमा एच ५ एन१ भाइरस (एभियन इन्फ्लुएन्जा) कसरी सर्‍यो भन्ने चाँहि डब्ल्यूएचओले बताएको छैन ।

ती पुरुषलाई ज्वरो आएको, सास फेर्न समस्या, पखाला लाग्ने जस्ता लक्षणहरू देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनलाई पहिला देखि नै क्रोनिक किड्नी फेलियर, मधुमेह र उच्च रक्तचाप जस्ता रोग पनि थिए ।

पछिल्लो समय विश्वका कयौँ देशमा वर्ड फ्लु तीव्र गतिमा बढिरहेको छ । यसलाई केहीले कोरोना भन्दा पनि खतरनाक भनिरहेका छन् ।

  • २४ जेष्ठ २०८१, बिहीबार १६:१८ प्रकाशित