पाकिस्तानको एक कोइला खानीमा दुर्घटना, ११ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानको कोइला खानीमा सोमबार ग्याँस चुहावट भई दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ ।

खानीमा गाँस चुहावट भए पछि श्वासप्रश्वासमा असहज भएका कारण ज्यान गएको प्रान्तीय सरकारको खानी विभागका प्रमुख अब्दुल घानी बलोचले बताए । उनका अनुसार मृतकमा एक ठेकेदार र एक खानी प्रबन्धक पनि थिए ।

निजी कम्पनी युनाइटेड कोल कम्पनीद्वारा सञ्चालित यो खानी प्रान्तीय राजधानी क्वेटाबाट ४० किलोमिटर टाढा अवस्थित छ । मार्चमा सोही प्रान्तमा ग्याँस विस्फोट हुँदा १२ जना खानी मजदुरको ज्यान गएको थियो ।

 

  • २२ जेष्ठ २०८१, मंगलवार १६:१९ प्रकाशित