पोखरा लेकसाइड स्थित विभिन्न स्पाबाट ५ बालिकाको उद्धार

केन्द्रभाग मिडिया

पोखरा ।
पर्यटकीय राजधानी पोखराको लेकसाइड क्षेत्रमा सञ्चालित विभिन्न स्पाहरुबाट पाँच जना बालिकालाई उद्धार गरिएको छ । लेकसाइड क्षेत्रमा स्पा(मसाज) सेन्टरमा बालिकाहरुलाई काम लगाइएको थाहा पाएपछि कास्की प्रहरी संगै बालवालिका संग सम्बन्धित विभिन्न संघ संस्थाले अनुुगमनलाई तीब्रता दिइको थियो ।

अनुुगमनको क्रममा लेकसाइडका १५ वटा मसाज सेन्टरमा अनुुगमन गरिएको र ती मध्ये तीनवटा स्पामा बालिकालाई काम गर्न लगाइएको पाइएपछि बालिकाहरुलाई उद्धार गरिएको कास्की प्रहरीले जनाएको छ । अनुुगमन टोलीले शुक्रबार पोखराको नेक्टर इको फुट स्पाबाट ३, पन्चासे स्पा एण्ड पार्लरबाट १ र नमस्ते वेलनेस स्पाबाट १ गरी ५ जना बालिकाहरुलाई उद्धार गरि अनुसन्धान कार्य अगाडी बढाइएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्तराज शर्माले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका सामाजिक महाशाखा, राष्ट्रिय बाल अधिकार परिषद र शक्ति समुह नेपालको टोलीले संयुक्त रुपमा अनुुगमन गरिएको थियो ।

  • १२ जेष्ठ २०८१, शनिबार १०:१२ प्रकाशित